फाइल तस्बिर

अन्य

नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान

By खबरहब

January 17, 2023

काठमाडौँ- नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । नेपाल टेलिकमले सूचना जारी गर्दै नेटवर्कको समस्या समाधान भएको बताएको हो ।

टेलिकमले आफ्ना ग्रहकहरुसँग क्षमा माग्दै उक्त समस्या समाधान भएको बताएको हो ।

नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो । टेलिकमको नेटवर्कमा एसएमएस नजाने र डेटा पनि नचल्ने जस्ता समस्या पनि देखिएका थियो ।