राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

By खबरहब

January 17, 2023

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले आजको बैठकबाट विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री जमकट्टेललको पक्षमा १०५ मत परेको थियो । बाग्मती प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा आजको बैठकमा १०९ जना उपस्थित रहेका थिए ।

बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराए।