ब्रेकिङ स्टोरी

सर्वदलीय बैठक : राष्ट्रपति र सभामुखमा सहमति गरी अघि बढ्ने प्रचण्डको प्रस्ताव

By खबरहब

January 17, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

पुस २६ गते संसदमा सरकारलाई विश्वासको मत दिने कांग्रेससहितका दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बैठकका लागि बालुवाटार डाकेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुखलगायत पदमा सहमति गरी अगाडि बढ्न नेपाली कांग्रेससँग प्रस्ताव राखेका छन् । प्रचण्डले सहमति गरेर जान कांग्रेसलाई प्रस्ताव राखेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा सहमति गरेर अघि बढ्ने प्रस्ताव राखेका थिए । प्रचण्डले अघि सारेको प्रस्तावको जवाफमा बैठकमा सहभागी कांग्रेसका प्रतिनिधिले यसबारे छलफल गर्न सकिने बताएका थिए ।