फाइल फोटो

राजनीति

अखिलको नयाँ नेतृत्वको आज घोषणा हुने

By खबरहब

February 17, 2023

काठमाडौँ- नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्व आज औपचारिक घोषणा हुँदैछ।

७ वर्ष पछि भएको अखिलको भावी अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल र मोती विकलगायतले उम्मेदवारी दिएका छन्।

यसैगरी १ सय ९९ केन्द्रिय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने गरी मतदान प्रक्रिया सम्पन्न गरिएको अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिएका छन् ।