ब्रेकिङ स्टोरी

अखिल अध्यक्षमा बडाल, महासचिवमा रोकाया निर्वाचित

By खबरहब

February 17, 2023

काठमाडौँ – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि मतदानबाट नेतृत्व चयन गरिएको हो । अन्तिम मतपरिणामअनुसार बडाल बिजयी भएका हुन् । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका छन्।

यसैगरी,  उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया विजयी भएका छन्।

यस्तै सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले चुनिएका छन्।

कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छन् । यद्यपि, यसको औपचारिक घोषणा भएको छैन ।