प्रवास

कतारमा अवैध कामदारलाई आश्रय दिने १९ जना पक्राउ

By योगेन्द्र योगी

February 17, 2023

दोहा – कतारमा अवैध कामदारलाई आश्रय दिने १९ जनालाई कतार प्रहरीले पक्राउ गरेको छ।

यहाँको राहदानी महानिर्देशनालयको खोज तथा अनुगमन विभागले तस्करी, आश्रय र गैर कानुनी रूपमा घरेलु कामदारलाई काममा लगाउने अफ्रिकाका १९ जनालाई पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तस्करी र अवैध कामदारलाई आश्रय दिने जानकारी प्राप्त भएपछि आवश्यक अनुमति लिएर घरमा छापा मार्दा १९ जना पुरुष र महिलालाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूले सोधपुछ गर्दा आश्रय दिने, गैर कानुनी रोजगारी लगाउने, फरार कामदारलाई सघाउने र आश्रय दिएर बस्ने प्रयोजनका लागि कानुन उल्लङ्घन गरेको आरोप स्वीकार गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले थप कानुनी प्रक्रियाको लागि उनीहरूलाई सम्बन्धित निकायमा पठाइएको जनाएको छ। कुनै पनि कानुनी जबाफदेहिताबाट बच्न श्रम कानुन उल्लङ्घन गर्नेसँग व्यवहार नगर्न मन्त्रालयले अनुरोध गरेको छ। यदि शङ्का लागेको खण्डमा मेट्रास टु आवेदन मार्फत रिपोर्ट गर्न भनेको छ।