फाइल फोटो

क्रिकेट

आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिड्दै 

By खबरहब

February 17, 2023

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिड्न लागेको हो  ।

नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि विकेट नगुमाई नामिबियालाई पराजित गरेर शीर्षस्थानमा छ।