फाइल फोटो

अपराध

नयाँ बसपार्कको मोबाइल पसल लुट्ने थप ७ जना पक्राउ

By खबरहब

February 17, 2023

काठमाडौँ – नयाँ बसपार्कस्थित ल्होत्से मलको पसलमा तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी  छन् ।

जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरूबाट मोबाइल, एयरफोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ । सिसिटिभीको विश्लेषण गरेर उनीहरूलाई पक्राउ गरिएको हो।

चोरी तथा डाँका कसुरमा मुद्दा चलाइएको उनीहरूलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिई सकिएको छ ।