फाइल फोटो

क्रिकेट

स्कटल्यान्डविरुद्ध नेपाल टस जितेर बलिङमा

By खबरहब

February 17, 2023

काठमाडौँ – विश्वकप लिग–२ क्रिकेट अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले लिगको शीर्षस्थानमा रहेको स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले हराउँदा पनि टस जितेर बलिङ रोजेको थियो । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि विकेट नगुमाई नामिबियालाई पराजित गरेर शीर्षस्थानमा उक्लिएको थियो । तीन खेल अगावै स्कटल्यान्ड लिग समूहबाट विजेता भइसकेको छ।