सांकेतिक तस्बिर

अपराध

स्रोत नखुलेको १ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

By खबरहब

February 17, 2023

बारा – बाराको विश्रामपुरबाट एक लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपैयाँको दुई सय एक थान भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।