समाचार

पुल निर्माण गर्ने सहमतिपछि सहनीले तोडे अनशन 

By खबरहब

February 17, 2023

गौर – अलपत्र पुल निर्माणको माग गर्दै आमरण अनशन बसेका पत्रकार सञ्जय सहनीले अनशन तोडेका छन्।

गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदीमा निर्माणाधीन अधुरो पुल डेढ वर्षमा सम्पन्न गराउन सम्बन्धित पक्ष तयार भए पछि सहनीले अनसन तोडेका हुन्।

चार दिनदेखि अनसनरत सहनीको स्वास्थ्य अवस्था खराब बन्दै गए पछि स्लाइन दिइएको थियो।