राजनीति

राष्ट्रियताको रक्षा गर्न फ्रन्टलाइनमै छु : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

February 17, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ फ्रन्टलाइनमा रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमै भएको बताएका हुन्।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वको टोलीले राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र पेश गरे पछि जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताएका हुन् ।

सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति भए मुलुकमा राजनीतिक स्थिरता र संविधानको रक्षा हुने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।