फाइल तस्बिर

ब्रेकिङ स्टोरी

ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

By खबरहब

February 17, 2023

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका हुन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच समझदारी भइसकेको छैन । 

यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेको स्रोतले जनाएको छ । राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।