समाचार

खोटाङका डढेलो पीडित परिवारलाई राहत प्रदान 

By खबरहब

February 17, 2023

खोटाङ– खोटाङमा डढेलोले घर जल्दा विस्थापित भएका पीडित परिवारलाई राहत प्रदान गरिएको छ । फागुन ३ गते सामुदायिक वनमा लागेको डढेलोको झिल्कोबाट घरमा आगलागी भएपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका बक्तबहादुर बस्नेतको परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत प्रदान गरेको हो ।

अग्नि पीडित परिवारलाई राहत स्वरुप नगद १० हजार प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।  अग्नि पीडितलाई भग्नावशेषमै पुगेर वडाका जनप्रतिनिधिको उपस्थितिमा कोषका प्रतिनिधि तामन राईले राहत हस्तान्तरण गरेका हुन् ।

आगलागीमा दुईवटा घर, एकवटा गुवाली, एउटा बाछी, एउटा १ वटा बाख्रा लगायत जल्दा बस्नेतको १० लाख बराबरको क्षति भएको थियो । आगलागीमा घर र घरमा भएका सम्पत्ति जलेपछि बस्नेतको १३ जनाको परिवार पूर्णरुपमा विस्थापित बनेका छन् । 

आगलागीमा बस्नेतको बालबच्चाको पुस्तक, कापी, पाेशाक समेत जलेको थियो । स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलोको झिल्को हावाले उँडाएर छानामा ल्याएपछि घर जलेको थियो ।