राजनीति

प्रधानमन्त्री प्रचण्ड’ र फ्रान्सेली राजदूतबीच भेटवार्ता

By खबरहब

February 17, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने विषयमा त्यस अवसरमा महत्वपूर्ण छलफल भएको बताइएको छ ।