ब्रेकिङ स्टोरी

वर्तमान सरकार धेरै दिन टिक्न सक्दैन : माधव नेपाल

By खबरहब

February 17, 2023

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् ।

शुक्रबार उदयपुरको गाईघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका वेला एउटा गठबन्धन बनेको र परिणाम आइसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने बताएका हुन् । अध्यक्ष नेपालले गठबन्धन कै नेताहरूले गठबन्धन लामो समय नटिक्ने बताएको जिकिर गरे ।

 उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनैपनि वेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताए । नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको उनले बताए ।

अध्यक्ष नेपाल मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि सुरु हुने १ नम्बर प्रदेशस्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग हुँदै मोरङ जाने क्रममा गाईघाटमा पुगेका थिए ।