फाइल तस्बिर

ब्रेकिङ स्टोरी

राष्ट्रपतिमा सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

By खबरहब

February 17, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन् । 

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन् ।

गठबन्धन नभत्किने र राष्ट्रपतिको विषय केही दिनमै टुङ्गोमा पुग्ने उनको भनाइ छ । गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको उनको भनाइ छ । 

राष्ट्रपतिमा सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ । दिन बिराएर उनीहरू बालुवाटार वा बालकोटमा भेटघाट गर्दै आएका छन् ।