समाचार

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाको तयारी पूरा

By खबरहब

February 17, 2023

काठमाडौं– पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।

कोषका अनुसार भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छa । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन ।

सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएको छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको छ । 

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरूप झिलिमिली बनाइएको छ ।