सांकेतिक तस्बिर

देश/प्रदेश

सप्तरीमा एक महिलाले गरिन् आत्मदाहा

By खबरहब

February 17, 2023

सप्तरी – सप्तरीमा एक जना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । हत्या गर्नेमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ तेलियारी टोल बस्ने राजकुमार साहककी ४० वर्षीया श्रीमती राजुदेवी साह रहेकी छन् ।

घरमा कोही नभएको बेलामा घर बाहिर रहेको शौचालयभित्र आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

उनले शरीरमा आगो लगाउनुको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।