काठमाडौँ- भूकम्पपछि सहयोग गरेको भन्दै टर्कीले भारतको प्रसंशा गरेको छ । भूकम्पका बेला उद्धार तथा राहत सामग्री उपलब्ध गराएको भन्दै टर्कीले भारतको प्रसंशा गरेको हो ।
भारतका लागि टर्कीका राजदूत फिरात सुनेलले सहयोगप्रति आभार व्यक्त गर्दै भारतलाई धन्यवाद दिएका छन् । भूकम्पपछि भारतले सहायता एवम् स्वास्थ्य समग्रीसहित सी १७ विमान टर्कीतर्फ पठाएको थियो । भारतले ‘अपरेसन दोस्त’ का नामबाट टर्कीलाई सहायता उपलब्ध गराएको हो ।
दक्षिणी टर्की र छिमेकी सिरियामा गएको ७.८ म्याग्नेच्युडको भूकम्पका कारण हालसम्म टर्कीमा मात्रै ३८ हजार जनाको मृत्यु भइसकेको छ भने अरु दशौँ हजार घाइते भएका छन् ।
भूकम्पपछि ढलेका संरचनाका भग्नावशेषमा अझै धेरै मानिसहरु फसिरहेको हुनसक्ने आशंकामा उद्धार तथा खोजीको कार्य अझै जारी रहेको छ ।