फाइल फोटो

राजनीति

नेपालको राजनीति तरल अवस्थामा बगिरहेको छ : माधव नेपाल

By खबरहब

February 17, 2023

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताएका छन् । उनले अहिलेको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताए ।

उदयपुरको सदरमुकाम गाईघाटमा आज आयोजित कार्यकर्ता भेटघाटमा उनले सङ्घीयता र गणतन्त्रसमेत धरापमा पर्न सक्ने खतरा उत्पन्न भएको तर्क गरे । नेपालको राजनीतिक आकाशमा अहिले कालो बादल मडारिरहेकाले सङ्घीयता र संविधानमाथि नै खतरा रहेको अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन हुने र परिणाम आइसकेपछि अर्को गठबन्धन भएकाले यो गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने दाबीसमेत गरे । उनले मोरङको लेटाङमा शनिबारदेखि सुरु हुने १ नं प्रदेशस्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटनका लागि मदन भण्डारी राजमार्ग हुँदै मोरङ जाने क्रममा उदयपुर आइपुगेका थिए ।