फाइल तस्वीर

राजनीति

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन स्वतन्त्र पार्टीको बैठक बस्दै

By खबरहब

March 17, 2023

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आज बिहान बस्ने भएको छ ।

उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन पार्टीको बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन्।

बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा उपराष्ट्रपति निर्वाचनमा छलफल केन्द्रित हुनेछ। यसअघि राष्ट्रपति निर्वाचनमा पनि रास्वपाले अन्तिम समयमा निर्णय लिएको थियो।

उपराष्ट्रपति चयनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धामा छन्। नेकपा एमालेले , अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ।