फाइल फोटो

राजनीति

उपराष्ट्रपति चुन्ने मतदानमा पनि राप्रपा सहभागी नहुने

By खबरहब

March 17, 2023

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन वहिस्कार गरेको छ।

२५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा भाग नलिएको राप्रपाले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचन पनि मतदान नगर्ने भएको छ ।

गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको थियो । राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँ बानेश्वरमा नयाँ उपराष्ट्रपति चुन्न मतदान हुँदैछ ।