फाइल फोटो

राजनीति

नयाँ उपराष्ट्रपतिको घोषणा साँझ ६ बजेभित्र

By खबरहब

March 17, 2023

काठमाडौँ – देशले आज तेस्रो उपराष्ट्रपति पाउँदैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ उपराष्ट्रपति चुन्न मतदान हुन लागेको छ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी प्रतिस्पर्धामा छन् ।