फाइल फोटो

राजनीति

उपराष्ट्रपति पुनको कार्यकाल आज सकिँदै

By खबरहब

March 17, 2023

काठमाडौँ – वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज (शुक्रबार) राति १२ बजेबाट सकिँदै छ।

कार्यकाल सकिएसँगै उपराष्ट्रपति पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन्।

उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ।

पुन दोस्रो कार्यकालका लागि ०७४ चैत ४ मा उपराष्ट्रपति निर्वाचित भएका थिए। त्यसअघि पुन ०७२ मा नयाँ संविधान बनेसँगै देशको दोस्रो उपराष्ट्रपतिमा चुनिएका थिए।

०७४ फागुन २९ मा निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २८ फागुनमा सकिएको थियो।

२५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न आज मतदान हुँदैछ।

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ।