राजनीति

उपराष्ट्रपति निर्वाचनमा पनि नेमकिपा सहभागी नहुने

By खबरहब

March 17, 2023

भक्तपुर- उपराष्ट्रपतिको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहभागी नहुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका सांसदहरूलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय गरेको हो ।

एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदवारले प्रतिबद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जानकारी दिए ।

उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान जारी छ। निर्वाचन आयोगका अनुसार मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् ।