राजनीति

किरियापुत्री सांसद बडालले गरे उपराष्ट्रपतिका लागि मतदान

By खबरहब

March 17, 2023

काठमाडौँ – उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । बुबाको किरियापुत्री बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बडाल पनि मतदान कार्यमा सहभागी भएका छन् ।

कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । तर, उनी उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सहभागी हुन सेतो लुगा लगाएर पुगेका थिए।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि मतदान जारी छ।