ब्रेकिङ स्टोरी

नयाँ उपराष्ट्रपतिका लागि मतदान जारी (फोटो फिचर)

By खबरहब

March 17, 2023

काठमाडौँ – नयाँ उपराष्ट्रपति चयनका लागि नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले मतदान भइरहेको छ ।

बिहान १० बजे सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् ।

आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन् । उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य छैनन् ।

प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।