ब्रेकिङ स्टोरी

महिलाको हक स्थापित गर्नेछु : उपराष्ट्रपति पदकी उम्मेदवार झा

By खबरहब

March 17, 2023

काठमाडौँ– उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन्। उनले भनिन्, ‘राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।’

आज बिहान १० बजेदेखि संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रमा मतदान भइरहेको छ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य रहेकी छन् ।