आर्थिक

चालु आर्थिक वर्षमा राइनास नगरपालिकाको करिब आधा बजेट खर्च

By खबरहब

March 17, 2023

लमजुङ- लमजुङको राइनास नगरपालिकाले साढे १६ करोड खर्च गरेको छ । नगर सभामा उपप्रमुख पुष्पराज खनालले अर्ध वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै राइनास नगरपालिकामा चालु आर्थिक वर्षमा हालसम्म १६ करोड ५३ लाख ८८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।

उनका अनुसार चालु आवका लागि ३८ करोड २० लाख ४ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो ।  उनले भने हामीले पारित गरेका योजनाहरू अधिकांशको सम्झौता भएको र धेरैजसो योजनाको आधाभन्दा बढी काम भइसकेको छ ।

उनले भने, ‘यो वर्षका योजना १५ प्रतिशत सम्पन्न भएका छन्, नगरपालिकाले विनियोजित रकम समयमै सम्पन्न गर्ने गरी काम अघि बढाएको छ, यो काम हुन्छ ।’