फाइल तस्वीर

समाचार

आइसिसी विश्वकप लिग-२ का उत्कृष्ट खेलाडीलाई बागमती सरकारले पुरस्कृत गर्ने

By खबरहब

March 17, 2023

बागमती-  बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरूलाई जनही एक/एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहन स्वरूप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

क्रिकेट खेलाडीहरूले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्‍याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताए। युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको हो । विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।