ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच वार्ता

By खबरहब

March 17, 2023

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा भएको वार्तामा उनीहरूबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ । 

उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरूबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्षनेतासँग छलफल गरेका हुन् ।