सांकेतिक तस्बिर

देश/प्रदेश

तारकेश्वरमा ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु

By खबरहब

March 17, 2023

काठमाडौँ– काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

 प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका-१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो । 

डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।