देश/प्रदेश

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

By खबरहब

March 17, 2023

अर्घाखाँची– शितगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार दुर्घटनामा परी ७ जना घाईते र घाइते मध्ये गम्भीर २ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । 

घाइते हुनेमा चालक बिक्रम नेपाली, कपिलवस्तु बाणगङ्गा–७ का चन्द्र बहादुर खत्री, शितगङ्गा–२ का मिना थापा, मालारानी–५ बागीका रेमा भुसाल, पोम नारायण भुसाल, कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक गाउपालिका १ का अशोक नेपाली छन् ।