फाइल तस्वीर

राजनीति

राष्ट्रपति र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, पशुपति दर्शन गर्न मुर्मूलाई पौडेलको निम्तो

By खबरहब

March 17, 2023

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई उनका भारतीय समकक्षी द्रौपदी मुर्मूबीच टेलिफोन संवाद भएको छ । भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् ।

टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो सङ्घर्ष र योगदान पुर्याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा खुशी व्यक्त गरेको राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

संवादका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, धार्मिक तथा भौगोलिकरूपले अत्यन्त निकट र प्रगाढ सम्बन्ध भएको उल्लेख गर्दै छिमेकमा समान धारणा राख्दै आगामी दिनमा यो सम्बन्ध अझ सुमधुर र घनिष्ट हुने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले उनका भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिएका थिए ।