प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउनै कठिन

By खबरहब

March 17, 2023

काठमाडौँ- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकलाई राष्ट्रिय परिचयपत्र पाउन कठिन हुने गरेको पाइएको छ ।

पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोग र कानूनी सहायता समाजले न्यायको पहुँचबारे आयोजना गरेको कार्यक्रममा विज्ञहरुले यस्तो खुलासा गरेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तानले जनाएअनुसार विभिन्न कठिनाईका कारण धार्मिक अल्पसङ्ख्यकलाई परिचयपत्र प्राप्त गर्न समस्या हुने गरेको छ ।

केही धार्मिक अल्पसङ्ख्यकका व्यक्तिले कठिनाईका बावजुद पनि परिचय प्राप्त गरेको भएपनि अरु धेरैले यस्तो परिचयपत्र प्राप्त गर्न नसकेको बताइएको छ ।

पाकिस्तानमा राष्ट्रिय परिचयपत्रका आधारमा राज्यले दिने विभिन्न अधिकार प्रत्याभूत गरिन्छ । यसकारण पनि पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकहरु मानव अधिकारबाट बञ्चित हुनु परेको छ ।

सबैलाई समान हिसाबमा परिचयपत्र वितरण गर्नका लागि पुराना कानून, जवाफदेही प्रणालीको विकास गर्नुपर्ने विज्ञहरुले सल्लाह दिएका छन् ।