फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने

By खबरहब

March 17, 2023

काठमाडौँ- भारतको जम्मु कश्मीरमा जापानी चेरी ब्लसमको शैलीमा बगैँचा बन्ने भएको छ । जम्मु कश्मीर सरकारले जापानी साकुराको शैलीमा चेरी ब्लसम बगैँचा स्थापना गर्ने निर्णय गरेको हो ।

चेरी बगँैचाको मोडालिटीलाई अन्तिम रूप दिइएको र यो वर्षको अन्त्यसम्ममा उक्त बगैँचाको निर्माण कार्य पूरा भइसक्ने अपेक्षा गरिएको छ ।

जापानी अधिकारीहरू र भारतको केन्द्रीय विदेश मन्त्रालयसँग पुष्प विभागका अधिकारीहरूले आयोजना गरेको भर्चुअल बैठकका क्रममा श्रीनगरमा बगैँचा निर्माण गर्ने विषयबारे जानकारी दिइएको हो ।

फ्लोरिकल्चर विभागका सचिव शेख फयाज अहमदका अनुसार पहिलो चरणमा करिब २,५०० चेरीका रूखहरू आवश्यक पर्नेछ ।

यसका लागि जापानबाट वृक्षरोपण सामग्रीको खरीद र प्राविधिक निर्देशनहरू प्राप्त हुने बताइएको छ । बगैँचा निर्माणका लागि १० करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।