अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

By खबरहब

March 17, 2023

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। युक्रेनमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको भन्दै अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ। साथै अदालतले बालबालिका रुस लैजाने कार्यमा पुटिन संलग्न भएको भन्दै अभियोग लगाएको छ। सो काममा संलग्न अन्यलाई रोक्ने शक्ति हुँदाहुँदै पनि उनले नरोकेको पनि बताइएको छ।

पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने उक्त अदालतलाई छैन। अदालत गठनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलुक मात्र अदालतको क्षेत्राधिकारभित्र पर्छ। तर रुसले उक्त सम्झौतामा हस्ताक्षर गरेको छैन।