काठमाडौँ– हाम्रो पात्रोअन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट दुवै सेवा आपसमा जोडिएका छन् । हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने नियम वैशाख १ गतेदेखि लागू भएकाे हाे ।
हाम्रो पात्रो रेमिटबाट हाम्रो पे मा पैसा पठाउँदा वालेटमा १०० रुपैयाँ बोनस पाइने छ । यो अफर वैशाख ७ गते सम्म मान्य हुनेछ।
सेप्टेम्बर २०२१ मा सुरु भएको हाम्रो रेमिटको सहयोगमा हाल अमेरिकाबाट नेपाल पैसा पठाउन सकिन्छ । अब आउँदो मे महिनादेखि अस्ट्रेलियामा रहेका नेपालीले समेत हाम्रो रेमिटको सेवा प्रयोग गर्न पाउनेछन् ।
हाम्रो पात्रोका अनुसार अमेरिकामा रहेका नेपालीले कार्ड प्रयोग गरी हाम्रो पात्रो मार्फत पैसा पठाएको खण्डमा आधा घण्टाभित्रै हाम्रो पेको वालेटमा जम्मा हुने व्यवस्था गरिएको छ । अन्य रेमिट्यान्स कम्पनीबाट पठाएको पैसा पनि हाम्रो पेमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाउने कार्य चलिरहेको छ ।
गत फागुन ५ गते सार्वजनिक भएको हाम्रो पे डिजिटल वालेट हाम्रो पात्रोको एपमै उपलब्ध छ । सुपर एप बनाउने उद्देश्यका साथ विभिन्न सेवाहरूलाई हाम्रो पात्रोमै जोड्दै लगिरहेको हो । हाम्रो पेमा मोबाइल टपअप, नेपाल पे क्यूआरमा जोडिएका मर्चेन्टको भुक्तानी, विद्युत्, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधाहरू रहेका छन् ।
मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो एपमा साथीहरूसँग मिलेर बिल तिर्न मिल्ने स्प्लिट मनी, सापटी माग्न सकिने आस्क मनीका साथै अङ्ग्रेजी र नेपालीका साथै विभिन्न छ ओटा भाषामा प्रयोग गर्न सकिने फिचर समेत रहेका छन् ।
यस बाहेक हाम्रो पेमार्फत भएको खर्च ट्रयाक गर्न र कुन शीर्षकमा कति रकम खर्च भयो भन्ने कुराको विश्लेषण गर्न, खर्चको सीमा तय गर्न पनि सकिन्छ । कम्पनीले ग्राहकको सहजताका लागि लाइभ च्याट सपोर्टको व्यवस्था गरेको छ ।