सांकेतिक तस्वीर

देश/प्रदेश

करेन्ट लागेर घाइते भएका शिक्षकको मृत्यु

By खबरहब

April 17, 2023

दमौली– तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका-२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो । 

घाइते उनको आज पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका-७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको घाइते अवस्थामा पोखरामा उपचार भइरहेको छ ।