देश/प्रदेश

तिला नदीमा बेपत्ता युवकको खोजी जारी

By खबरहब

April 17, 2023

मान्म– कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका-१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका छन् ।

शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न गएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए । 

उनको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।