ब्रेकिङ स्टोरी

स्मार्टले नवीकरणका लागि दिएको निवेदन खारेज

By खबरहब

April 17, 2023

काठमाडौँ–  स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि  दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको हो ।

सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले व्यवस्थापन गर्ने भएको छ। 

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार प्राधिकरणले बनाएको सञ्चालक समितिमार्फत स्मार्ट टेलिकम सञ्चालन हुने छ। 

स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो। लाइरेन्स र फ्रिक्वेन्सीको मात्रै करिब २७ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै प्राधिकरणले नवीकरण नगरेको हो।