ब्रेकिङ स्टोरी

मिटरब्याज पीडित र प्रहरीबीच झडप

By खबरहब

April 17, 2023

काठमाडौं– मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौंको शान्तिवाटिकामा दुवै पक्षबीच झडप हुँदा केही मिटरब्याज पीडित घाइते भएका छन् ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । आज मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहार गरेको छ ।

झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।