राजनीति

संघीय निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने सरकारको तयारी

By खबरहब

April 17, 2023

काठमाडौं– सरकारले संघीय निजामती सेवा ऐन चाँडै संसद्‌मा पेस गर्ने तयारी गरेको छ । यसबारे सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय सभालाई जानकारी गराएकी छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले चाँडै नै संघीय निजामती सेवा ऐन छिट्टै संसद्‌मा पेस गर्ने तयारी गरेको जानकारी दिएकी हुन् । 

 निजामती सेवा ऐन अहिले कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको उनको भनाइ छ । मन्त्री शर्माले ऐनले कर्मचारी सरुवाको विषयलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन्।