फाइल तस्वीर

ब्रेकिङ स्टोरी

चालक थापा घाइते भएको घटनालाई राजनीतिकरण नगर्न रास्वपा सभापति लामिछानेको आग्रह

By खबरहब

April 17, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । घरको छतबाट खसेर घाइते भएका चालक थापा अहिले उपचाररत अवस्थामा छन् ।

थापा घरबाट खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट थापा खसेको अवस्थामा भेटिएका थिए । उक्त विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सोही विषयलाई लिएर सोमबार अपरान्ह सभापति लामिछानेले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् । साथै उनले यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन पनि आग्रह गरेका छन् ।