सांकेतिक तस्बिर

देश/प्रदेश

मंगलबारदेखि हराएका अदै मृत फेला

By खबरहब

May 17, 2023

ढोरपाटन– बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ तारीखेतमा एक व्यक्तिको शव फेला परेको छ । ढोरपाटन–६ मोराङका अन्दाजी ५५ वर्षीय चेबो अदै तारीखेतस्थित बारीमा मृतावस्थामा फेला परेका हुन् । 

तारीखेत छोरीको घरमा बस्दै आएका अदै मंगलबार साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएका थिए । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएको तर बिहान करिब ६ बजेको समयमा घर नजिकैको बारीमा फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए ।

अदैको कसरी मृत्यु भएको भन्ने बारेमा अहिलेसम्म यकिन नभएको भन्दै अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।