अपराध

सशस्त्रद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद 

By खबरहब

May 17, 2023

रुपन्देही–  सशस्त्र प्रहरीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ स्थित बगाहा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हाे ।

भारतबाट अवैधरूपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा)ले बरामद गरेको  हो ।

सशस्त्र प्रहरीलाई देख्नासाथै साइकल र सामान छाडी व्यक्तिहरू भने फरार भएका थिए ।

बरामद गरिएकाे लत्ताकपडा र साइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।