समाचार

प्रेस युनियन मुगुको अध्यक्षमा रोकाया

By खबरहब

June 17, 2023

मुगु – नेपाल प्रेस युनियन मुगु शाखाको चौथो जिल्ला अधिवेशनबाट पत्रकार नन्द बहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । युनियनको चौथो जिल्ला अधिवेशनले रोकायाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाहीको प्रेस प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा रोकाया, उपाध्यक्षमा हरिकृष्ण ऐडी, खुल्ला र समावेसी उपाध्यक्षमा ज्ञानी माया भाम ऐडी, सचिवमा नवराज रावल, सहसचिवमा दीपा भण्डारी, कोषाध्यक्षमा सबिना भाम चयन भएका छ्न् ।

सदस्यमा रवी हमाल, कृष्ण बोहरा, सोनाम लामा असल शाही, सक्क बुढा, नन्द सिङ रोकाया निर्विरोध निर्वाचित भएका छ्न् । रोकाय विगत ११ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । पत्रकार रोकाया ५ वर्षदेखि सौर्य दैनिक पत्रीकामा मुगु जिल्ला संवाददाताका रूपमा काम गर्दै आएका छन् । उनी हिमालय टेलिभिजनमा पनि कार्यरत छन् ।