देश/प्रदेश

आजको तरकारी तथा फलफूलको मूल्य कति ? सबैभन्दा सस्तो बन्दा

By खबरहब

July 17, 2023

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज तरकारीमा सबैभन्दा सस्तो बन्दा रहेको छ । आज लोकल बन्दा १२ रुपैयाँ ५० पैसामा किनबेच भइरहेको छ । 

यस्तै, ठूलो नेपाली गोलभेडा, लोकल गाँजर, हाइब्रिड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ५४ रुपैयाँ २० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, सुकेको भारतीय प्याज ४९ रुपैयाँ, स्थानीय काउली ८३ रुपैयाँ ३३ पैसा, रातो मूला, चिचिन्डो, तितो करेला, रूख कटहर र डल्ले हरियो फर्सी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ रहेको छ ।

यसैगरी, मकै बोडी, लोकल घिउ सिमी, भटमासकोशा, न्यूरो, चुकुन्दर, गान्टे मूला र कलकत्ते आँप ७५ रुपैयाँ, तने बोडी ५४ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी र भारतीय मेवा ९५ रुपैयाँ पर्नेछ ।