देश/प्रदेश

नेपाल समाजवादी पार्टीको संगठन निर्माण र विस्तार अभियान आजदेखि 

By खबरहब

July 17, 2023

काठमाडौँ–  नेपाल समाजवादी पार्टी (नेसपा) ले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सुरु गर्ने भएको छ ।

‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको पार्टीका केन्द्रीय पदाधिकारीहरूले सातवटै प्रदेशमा वृक्षरोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अभियान अन्तर्गत पार्टी अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशको गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका वृक्षरोपण गरेर अभियानको सुरुवात गर्नेछन् ।

यस्तै, कोसीमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, वाग्मतीमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, लुम्बिनीमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर शाह र सुदूरपश्चिममा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।